रियालिटी शोमा परिनितीले गराइन् अन्डरवेयरको प्रदर्शन


परिनिती चोपडा यतिबेला आफ्नो नयाँ चलचित्र 'शुद्ध देशी रोमान्स'को प्रमोशनमा व्यस्त छिन्। सोही क्रममा उनी कर्लस टेलिभिजनबाट प्रशारण हुने चर्चित रियालिटी शो  'कमेडी वीद कपिल' को लेटेस्ट एपिसोडमा सहभागी भएकी थिइन्। यो मौकामा उनले कालो कलरको निकै छोटो कपडा लगाएकी थिइन्। जब उनलाई कपिलले स्टेजको चेयरमा बसाए, तब उनको खैरौ रंगको अन्डरवेयर प्रष्टै बाहिर देखियो।जसका कारण कार्यक्रममा सहभागी भएकाहरुबीच खास-खुस चलेको थियो।

स्टेजमा निकै सर्तक भएर बसेकी भएपनि छोटो कपडालाई पछाडी पार्दै उनको अन्डरवेयर बाहिर निक्लिहाल्थ्यो। उनले सम्हाल्ने प्रयास गर्दा पनि सकिरहेकी थिइनन्। सोही कारण उनको मुहारमा लाज झल्किएको थियो। शालिन हिरोइनको छवी बनाइरहेकी परिनितीप्रति 'अन्डरवेयर कान्ड'ले गलत छाप बस्ने चर्चा बताइएको छ।

बलिउड हिरोइनहरु मिडियाको ध्यान आफूतिर तान्न यस्ता 'भल्गर' ड्रेस लगाउने गर्छन र परिनितीले पनि आफूलाई यही कोटीकी हिरोइनमा दर्ज गराएकी छिन्। परिनितीले 'शुद्ध देशी रोमान्स'मा 'कोइ पो चे' डेब्यु एक्टर सुशान्त राजपूतसँग भरपुर रोमान्स गरेकी छिन् । यशराज ब्यानरमा मनीष शमरले निर्देशन गरेको यो चलचित्र आउँदो सेप्टेम्बर ६ मा रिलिज हुँदैछ। सुशान्त र परिनितीको चुम्बन दृश्यका कारण चलचित्रले प्रदर्शन अगाडि नै चर्चा कमाइसकेको छ।

FOLLOW US UN FACEBOOK