राजेश हमालको सेक्स सिनेमा बजारमा मालामाल

सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको चलचित्र 'किन-किन'ले चार दिन ३६ लाख रुपैयाँ ग्रस गरेको छ। शुक्रबारदेखि अलनेपाल रिलिज भएको यो चलचित्रले काठमाडौं उपत्यकामा २२ लाख र बाँकी १४ लाख मोफसलमा व्यापार गरेको निर्देशक तथा निर्माता उकेश दाहालले ग्ल्यामर नेपाललाई जानकारी दिएका छन्। पूर्वमा जम्मा दमकमा मात्र फिल्म रिलिज भएकोले मोफसलको व्यापार न्युन भएको उनको भनाई छ। 

धरान, झापा, हेटौंडालगाएतका स्टेशनमा बिहीबारबाट 'किन-किन' प्रर्दशन हुँदैछ। यी स्टेशनमा रिलिज भएपछि लगानी रिकभर हुने निर्देशक/निर्माता दाहालको विश्वास छ। 'चेन्नई एक्सप्रेस र वन्स अपन आइट इन मुम्बई दोबरको दबदबामा पनि यति व्यापार गर्दा सन्तुष्ट छु', उनले भने।

व्यापार सन्तोषजनक भएपनि 'किन-किन'ले सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन। न्युडिटीलाई जस्टिफाई गर्न नसकेको दर्शकले आरोप लगाएका छन्। महानायक राजेश हमालले दुई फरक गेटअपमा करिष्मा मानन्धर र अरुणिमा लामासँग गरेको रोमान्सका कारण 'किन-किन'ले प्रदर्शन अगावै चर्चा कमाएको थियो। राज तिमल्सीना, शशी खड्का, सुवास थापालगाएतका कलाकारलाई पनि यो चलचित्रमा देख्न सकिन्छ।
  

FOLLOW US UN FACEBOOK