फेरि नांगिईन् शर्लिन !


 अन्तर्राष्ट्रिय पुरुष पत्रिका ‘प्लेब्वाई’का लागि ‘न्यूड’ फोटोसुट गराईसकेकी बलिउड मोडल तथा अभिनेत्री शर्लिन चोपडा आफ्नो ‘नांगोपना’कै कारण बलिउडमा आलोचित छिन् । विभिन्न विवादास्पद टीका–टीप्पणीका कारण पनि शर्लिनले थप नकारात्मक चर्चा कमाएकी छिन् ।

केही दिनयता शर्लिन उनको बलिउड फिल्म ‘कामसुत्र थ्रीडी’मा दिएको आफ्नो न्यूड दृष्यका कारण पुनः चर्चामा छिन् । फिल्ममा शर्लिनले ‘कामदेवी’को भूमिका निर्वाह गरेकी छिन् ।

शर्लिनले आफ्नो भूमिकाका लागि पूर्ण नांगो भएर अभिनय गरेकी जनाइएको छ । शर्लिनले उक्त फिल्मको न्यूड दृष्य दिएपछि फिल्मको सेटमा नांगो भएर बसेको फोटोहरु हालैमा ट्वीटर मार्फत सेयर गरेकी एक भारतीय समाचार अनलाईनले जनाएको छ ।

फोटोमा शर्लिनलाई पूर्ण नांगो देखिएको छ भने उनले आफ्नो संवेदनशील अंग कुनैमा कफीको कपले त कुनैमा आफ्नो कपालले ढाकेकी छिन् । शर्लिन यतिबेला रुपेश पाल निर्देशित फिल्म ‘कामसुत्र थ्रीडी’का अभिनय गरिरहेकी छिन् ।

शर्लिनले यसअघि पनि कयौं पटक आफ्नो नांगो फोटो सेयर गरेर ‘हंगामा’ मच्चाईसकेकी छिन् ।

FOLLOW US UN FACEBOOK