साबधान ! साबधान! मिनिस्कर्ट लगाउने र पार्कमा डुल्ने विद्यार्थी आजदेखि साबधान

उच्च माध्यमिक शिक्षा परिषद्ले प्लस टुमा अध्ययन गर्ने विद्यार्थीको ‘आपत्तिजनक अवस्था’बारे अनुगमन गर्न टोली खटाएको छ । मिनिस्कट लगाउने, पार्कमा आपत्तिजनक अवस्थामा बस्ने र मोटरसाइकल चलाउनेलगायत क्रियाकलापमा संलग्न विद्यार्थीको पहिचान गर्न परिषद्ले आइतबारदेखि ६ टोली खटाएको आजको नयाँ पत्रिकामा खबर छ ।

परिषद्का प्रवक्ता नारायण कोइरालाले कक्षा ११ र १२ का विद्यार्थी आपत्तिजनक अवस्थामा रहेरनरहेको पत्ता लगाउन उपत्यकामा ६ टोली खटाएको बताए । दुईरदुईजनाको टोलीले १५ दिनसम्म चोक तथा पार्कमा अवलोकन गर्ने र आपत्तिजनक अवस्थामा पाइएमा फोटोसमेत खिचेर कारबाहीका लागि सिफारिस गर्ने छ ।

FOLLOW US UN FACEBOOK