स्मार्टफोनको दुनिया निकै रोचक बन्दै गइरहेको छ । दिनहुँ र्सार्वजनिक हुने एप्लिकेसनहरुले स्मार्टफोन प्रयोगकर्तालाई नयाँ नयाँ स्वाद तथा सुविधा प्रदान गर्दै आएका छन् । हालै दुइजना वैज्ञानिकले अर्को अचम्मको स्मार्टफोन एप र्सार्वजनिक गरेको छ । अमेरिकी अन्तरीक्ष संस्था नासामा समेत काम गर्ने दुइ जना वैज्ञानिकले मिलेर बनाएको उक्त स्मार्टफोन एप महिलाहरुप्रति लक्षित छ । यसको मद्दतले महिलाहरुले आफुले लगाउने ब्रा को सही साइज पत्ता लगाउन सक्नेछन् ।यो नयाँ एपको नाम थर्डलभ हो । यसलाई महिलाहरुको लागि सही साइजको ब्रा पत्ता लगाउनकै लागि तयार पारिएको बताइएको छ । एक अध्ययनले ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउने गरेको देखाएको छ ।
समाचार अनुसार यो प्रविधिले फोटोग्राफका माध्यमबाट काम गर्छ । जो महिलालाई आफ्नो सही ब्रा साइज पत्ता लगाउनु छ उनीहरुले टाइट टिर्सटमा आफ्नो तस्वीर खिच्नर्पर्छ । त्यसपछि त्यो तस्वीरलाई विश्लेषण गरेर स्मार्टफोनको त्यो एप्लिकेसनले ब्रा को सही साइज बताइदिनेछ । यो एपले टू डी तस्वीरबाट थ्री टी तथ्य सिर्जना गर्छ र वक्षस्थलको साइजको आधारमा ठीक्क हुने ब्रा को साइज पत्ता लगाउँछ ।