युवतीका तिघ्रा पनि भाडामा !

के तपाइ आफ्नो बिज्ञापनलाइ टाढा टाढाको क्षेत्रमा पनि पुर्याउन चाहनुहुन्छ । यदि चाहनु हुन्छ भने यसको पनि समाधान निस्किएको छ ।

जापानमा अहिले यो तरिका निकै लोकपृय भैरहेको छ । यहाँका सुन्दर युवतीहरू आफ्नो तिघ्रामा विज्ञापनको लागी ठाउँ छुट्याउन थालेका छन । जुन चलन यहाँ बिस्तारै बढिरहेको छ ।

लन्चबक्स प्लस का अनुसार, जापानको एक विज्ञापन कम्पनीले विभिन्न ब्रान्ड्सको पब्लिसिटीका लागी एक भिन्न प्रकारको तरिका खोजी गरेको छ । यो कम्पनीले सुन्दर युवतीहरूको तिघ्रालाइ विज्ञापनको स्पेसका रूपमा प्रयोग गर्न थालेको छ ।


जापानको पीआर कम्पनी एब्सोल्यूट टेरीटरी पीआर ले युवतीहरूको तिघ्रामा कम्पनीहरूको ट्याटु लगाएर प‌िब्‍ल्‍सिटी गर्ने नयाँ तरिका फेला पारेको छ । बास्तबमा जापानमा महिलाहरूको तिघ्राको भाग पुरूषहरूको तुलनामा निकै पपुलर रहेको छ ।

यस कम्पनीले आफ्नो एक फेसबुक पेज पनि बनाएको छ । जहाँ यस प्रकारको काम गर्नका लागी १३०० भन्दा बढि युवतीहरूले आवेदन पनि दिएका छन ।

यसका लागी युवतीहरूले आफ्नो तिघ्राको रजिस्ट्रेशन गराउनु पर्दछ । त्यसका आधारमा युवतीहरूको छनोट गरिन्छ । त्यसपछि उनीहरूको तिघ्रामा ट्याटु टाँसिन्छ । विज्ञापन गर्ने छैन त गज्जबको तरिका ?


FOLLOW US UN FACEBOOK