सन्नी लियोनिले हान्ने भइन


क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोन केही दिनयता बक्सिङ सिकिरहेकी छन् । सनीले आफ्नो आगामी फिल्म ‘टिना एन्ड लोलो’ का लागि बक्सिङ सिक्न थालेकी हुन् । सनीले निर्देशक देवाङ ढोलकियाको फिल्म ‘टिना एन्ड लोलो’ मा एक्सन भूमिका गर्दै छिन् । यसकारण पनि सनीले बक्सिङ सिक्न आवश्यक परेको बताइन्छ । सनी भन्छिन्, ‘आफ्नो भूमिकालाई दमदार र प्रभावशाली तरिकाले निर्वाह गर्न बक्सिङ सिक्न थालेकी हुँ ।

’ समाचारमा बताइएअनुसार सनीले तीनपटक विश्व च्याम्पियन बनिसकेका बक्सिङ खेलाडी टेरी नोरिससँग बक्सिङको तालिम लिइरहेकी छन् । साथै, सनीले मुम्बईको एक चर्चित ‘गन क्लब’ मा बन्दुक चलाउनसमेत सिकिरहेकी छन् । बक्सिङ र बन्दुक सिकिरहेकी सनी भन्छिन्, ‘अहिले म जे गरिरहेकी छु, त्यसबाट खुसी र उत्साहित छु ।’ फिल्ममा सन्नीका अलावा मिनिषा लाम्बाको पनि मुख्य भूमिका रहने भएको छ । उक्त फिल्मको सुटिङ चाँडै मुम्बई र जर्जियामा हुने बताइएको छ । 

FOLLOW US UN FACEBOOK