पोल्याण्डकी एक युवतीले १ लाख पुरुषसँग यौन सम्पर्क गरेर विश्व रेकर्ड राख्ने


पोल्याण्डकी एक युवतीले १ लाख पुरुषसँग यौन सम्पर्क गरेर विश्व रेकर्ड राख्ने बताएकी छन् ।
 यस्तो आश्चर्य, अनौठो र अपत्यारीलो कुराको घोषणा गर्ने युवतीको उमेर बल्ल २१ वर्ष पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ती युवतीले यस अभियानलाई 'विश्व सेक्स म्याराथुन' भनेर नामाकरण गरेकी छन् । 'मलाई सेक्स, पुरुष र प्रेम असाध्यै मन पर्छ त्यसैले म पोल्याण्ड, युरोप र विश्वका अन्य भागका पुरुषहरुसँग सुती यौन सम्पर्क गर्न चाहन्छु' उनले भनेकी छन् ।यस्तो अनौठो र आश्चर्यलाग्दो लक्ष लिएकी पोल्याण्डकी यि युवतीको नाम हो 'रयान्डी अनिया' । सुन्दा पनि अचम्म लाग्दो प्रतिज्ञा गरेकी यि युवतीले गत महिना पोल्यान्डबाट 'सेक्स म्याराथुन' सुरु गरेको जनाएकी छन्।

उनले प्रत्येक पुरुषसँग सेक्स गर्ने समय पनि छुट्याएकी छन् । 'एक पुरुषलाई बढीमा २० मिनेट मात्र समय दिन सकिने' उनले बताएकी छन् ।पोल्यान्डका प्रमुख सहरका पुरुषहरुसँग यौन सम्पर्क गरेर भ्याएपछि मात्र उनले विश्व सेक्स यात्रामा निस्कने बताएकी छन् ।एकलाख पुरुषसँग यौन सम्पर्क नगरेसम्म उनले आफ्नो यात्रा जारी राख्ने जनाएकी छन् ।

FOLLOW US UN FACEBOOK