सेक्सको अर्थ वासना पूरा गर्नु मात्रै होइन ,सेक्सले रोगसँग लड्न मद्दत गर्छ


सेक्सको अर्थ वासना पूरा गर्नु मात्रै होइन वा दुई शरीरको मिलन हुनु मात्रै पनि होइन, यो एक किसिमको कसरत पनि हो । दिनमा एक पटक सेक्स गर्नाले तपाईंको तनावलाई भुलाउन सक्छ ।

यदी तपाईं विभिन्न तनावले थकित भएको हुनुहुन्छ भने सेक्सले त्यसबाट तपाईंलाई मुक्त गराउन सक्छ । एक अध्ययनमा पाइएको छ कि दैनिक सेक्स गर्नाले शरीरको रोगसँग लड्ने क्षमताको बृद्धि गर्छ ।

यदी तपाईंलाई तन्दुरुस्त हुन मन छ र जिम जाने समय छैन भने दैनिक आफ्नो ‘पाटर्नर’सँग सेक्स गर्ने गर्नाले तपाईंलाई तन्दुरुस्त राख्न सक्छ । सेक्सका बखत मानिसको हात, काँध, खुट्टा लगायतका शरीरका विभिन्न अंग र मांशपेशीहरु चलायमान हुने गर्छ । जसले गर्दा मानिसको शरीरको कसरत हुन्छ र तनावबाट छुटकारा मिल्न सक्छ ।

त्यस्तै तपाई अति नै ब्यस्त हुनुहुन्छ र आफ्नो ‘पाटर्नर’लाई प्रर्याप्त समय दिन भ्याउनु हुन्न भने कम्तिमा राति पाटर्नरसँग अंगालोमा बाँधिएर सुत्नाले पनि तपाईंको सम्बन्ध राम्रो हुन्छ भने त्यसले तपाईंमा स्फूर्ति जाग्न सक्ने जनाइएको छ ।

सेक्स गर्नाले मानिसले आफूले आफूलाई ‘जवान’ भएको महशुस गर्छन् । जसले गर्दा व्यक्तिको जिन्दगीमा खुशी आउन सक्छ । त्यसले व्यक्तिको अनुहारमा पनि चमक देखिन्छ । त्यस्तै तपाईं सुत्नुअघि सेक्स गर्नु हुन्छ भने तपाईंलाई राम्रो निन्द्रा लाग्ने पनि समाचारमा जनाइएको छ ।

FOLLOW US UN FACEBOOK