३१ की भईन् प्रियंका, पेन्टी देखिंदा भएको थियो बेईज्जत (फोटोफिचरसहित)

मुम्बई, ३ साउन । बलिउडकी ‘हट’ अभिनेत्री प्रियंका चोपडा आज ३१ वर्षकी भएकी छिन् । १८ वर्षकै उमेरमा सन् २००० मा भएको ‘मिस वल्र्ड’ प्रतियोगिताको विजेता बनेकी प्रियंकाको जन्म सन् १९८२ को जुलाई १८ तारिखका दिन झारखण्डको जम्शेदपुरमा भएको थियो ।
बलिउडमा सन् २००३ को फिल्म ‘द हिरो’बाट करियर सुरु गरेकी प्रियंकाले पछिल्लो समयमा गायिकाको समेत परिचय बनाएकी छिन् । प्रियंकाले बलिउडमा ‘मुझसे शादी करोगी’, ‘क्रिश’, ‘डन २’, ‘फेसन’, ‘७ खुन माफ’, ‘बर्फी’ जस्ता सफल फिल्ममा अभिनय गरेकी छिन् ।

प्रियंकाले यस अवधिमा भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बलिउडमा ‘देशी गर्ल’को नामले समेत परिचित प्रियंकाले बलिउडका चर्चित अभिनेताहरु शाहरुख, सलमान खान, अक्षय कुमार, ऋतिक रोशन लगायतसँग काम गरिसकेकी छिन् ।


सफलताको उचाईंमा अघि बढिरहेकी प्रियंकाले गतवर्ष मुम्बईमा भएको एक सार्वजनिक कार्यक्रममा बेईज्जतीको सामन गर्नु पर्‍यो । कार्यक्रममा छोटो कपडा पहिरिएर उपस्थित भएकी प्रियंकाले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा अन्र्तवस्त्र देखिएपछि लज्जित हुनु परेको थियो ।

FOLLOW US UN FACEBOOK