स्तन ठूलो हुँदा मोडललाई आपत !!

सामान्यतया सुन्दर देखिन महिलाहरुले आफ्नो स्तन शल्यक्रिया (ब्रेष्ट इम्पालान्ट) गरी ठूलो बनाउने गर्छन् । यो चलन विशेषतः पश्चिमामुलुकमा बढ्दोक्रममा छ । तर, एक यस्ती महिला छिन्, जसलाई शल्यक्रिया गरी ठूलो बनाएको आफ्नो स्तन ‘घाँडो’ भएको छ ।ब्रिटेनकी २३ वर्षीया जोसी कनिङ्घमको जिन्दगीमा स्तन ठूलो बनाएपछि पहिलेको तुलनामा थप तनाब थपिएको छ । स्तन ठूलो भएकै कारण उनले जागिर पाउन सकिरहेकी छैन भने यही कारण उनले मानिसका भनाई खेप्नु परिरहेको छ ।

जोसी पहिला एक ‘पार्ट टाईम मोडल’ मोडल थिइन् । उनलाई लाग्यो कि उनको स्तनको आकार बढ्यो भने उनी थप आकर्षक देखिने छिन् तर यसको ठीक उल्टो भयो ।

गत जनवरी महिनामा ‘स्तन शल्यक्रिया’ अघि उनको स्तनको आकार ‘३२ए’ थियो, शल्यक्रियापछि उनको स्तनको आकार ‘३६डीडी’ भयो । ब्रिटेनको नेशनल हेल्थ सर्भिस (एनएसएस)को एक स्कीममा जोसीले आफ्नो स्तनको शल्यक्रिया गराइएकी थिइन् । तर, त्यसपछि यिनको जीवनमा झन् मुस्किल थपियो । अहिले जोसी फेरि आफ्नो स्तन घटाउन चाहन्छिन् ।

एक अन्तर्राष्ट्रिय समाचार अनलाईनका अनुसार जोसीलाई लागेको थियो कि आफूले चाहेको आकारमा आफ्नो स्तन प्राप्त भएपछि एक सुपर मोडल बनिनेछ । तर, दुई बच्चाकी आमा जोसीले अहिले आफ्नो ठूलो आकारको स्तनका कारण जागिर खोज्न आफूलाई मुस्किल भईरहेको प्रतिक्रिया दिएकी छिन् ।

एक पत्रिकालाई दिएको अन्तर्वार्तामा ठूलो आकारको स्तनका कारण अहिले उनलाई कसैले मोडल बनाउन नचाहिरहेको बताइएकी छिन् । किनकी, उनको ठूलो आकारको स्तन नकारात्मक ज्यादा देखिने प्रतिक्रिया मानिसहरुको रहेको छ । 

FOLLOW US UN FACEBOOK