अब पुरुषले पनि पहिरिन्छन् ब्रा र पेन्टी



 समाज गतिशील र परिर्वतनशील छ । विश्वभरका मासिन आ–आफ्नै ढंगले जीवन निर्वाह गर्ने गर्छन् । विश्वमा पुरुषले पुरुषसँग र महिलाले महिलासँग विवाह गरेको यसअघि नै सुनिएको हो । त्यस्तै पुरुषले गर्भाधारण गरेको समाचार पनि यसअघि नै आईसकेको विषय हो ।

त्यस्तैमा महिलाले जस्तै अब पुरुषले पनि अन्र्तवस्त्र पहिरिन थालेका छन् । यो चलन अमेरिका र बेलायतमा विस्तारै फस्टाउँदो क्रममा रहेको छ ।

पुरुषको लागि पनि विशेष ब्रा र महिलाको जस्तै पेन्टी हुन्छ । यसको निर्माणकर्ताले अमेरिकापछि बेलायतमा पनि उक्त अन्र्तवस्त्रले लोकप्रियता पाउन थालेको बताएका छन् ।

पुरुषका लागि महिलाको जस्तै अन्र्तवस्त्रको उत्पादन ४ वर्षअघि नै सुरु भएको थियो । उत्पादक आफ्नो उत्पादनप्रति उपभोक्ताको प्रतिक्रिया खोजिरहेका थिए । अहिले भने अमेरिका र बेलायतका उपभोक्तोको यसप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ भने विस्तारै विस्तारै त्यहाँ यो चलनचल्तीमा पनि आउन थालेको छ ।

FOLLOW US UN FACEBOOK